गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने दीप संञ्चार कात्तिक २२, २०८० गते १९:१७ मा प्रकाशित नेकपा एमालेको बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ ।आज दिउँसो पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।उनले भने, ‘देशलाई राम्रो बनाउँन सकिन्छ र बनाउने शक्ति यही छौं भन्ने शन्देश दिने हाम्रो अभियानको मुख्य उद्देश्य हो । जनताका गुनासा,सुझाव सुन्दै र संवाद गर्दै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने गरी हामीले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्षद्वारा सुरुवात गर्छौ ।’उनले मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न स्थानमा सभा,अन्र्तक्रिया र छलफल गर्ने, त्यहाँको चुनौतिको अध्ययन विमर्श लगायत विभिन्न कार्यक्रम गर्दै अभियान चिवाभञ्ज्याङमा पुर्याएर अन्त्य गर्ने बताए ।आफ्नो अभियान राजनीतिक भन्दा धेरै विकास निर्माण,सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको अभियानको रुपमा अगाडि बढाउने ज्ञवालीले बताए ।‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, ज्ञवालीले भने ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति