गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने दीप संञ्चार कात्तिक २२, २०८० गते १९:१७ मा प्रकाशित नेकपा एमालेको बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ ।आज दिउँसो पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।उनले भने, ‘देशलाई राम्रो बनाउँन सकिन्छ र बनाउने शक्ति यही छौं भन्ने शन्देश दिने हाम्रो अभियानको मुख्य उद्देश्य हो । जनताका गुनासा,सुझाव सुन्दै र संवाद गर्दै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने गरी हामीले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्षद्वारा सुरुवात गर्छौ ।’उनले मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न स्थानमा सभा,अन्र्तक्रिया र छलफल गर्ने, त्यहाँको चुनौतिको अध्ययन विमर्श लगायत विभिन्न कार्यक्रम गर्दै अभियान चिवाभञ्ज्याङमा पुर्याएर अन्त्य गर्ने बताए ।आफ्नो अभियान राजनीतिक भन्दा धेरै विकास निर्माण,सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको अभियानको रुपमा अगाडि बढाउने ज्ञवालीले बताए ।‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, ज्ञवालीले भने ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप