Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम


आज पहाडी भेगका १(२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हिउँदयाम शुरु भएसँगै देशभरको तापक्रममा तीव्र गिरावट आइरहेको छ।

 

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। यस्तै, पहाडी भेगका १(२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #मौसम

तपाईको प्रतिक्रिया दिनुहोस