गृहपृष्ठ ∕ समाचार ∕ जाजरकोट भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० घाइते जाजरकोट भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० घाइते दीप संञ्चार कात्तिक १८, २०८० गते १२:४५ मा प्रकाशित सशस्त्र प्रहरी बलले जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेको छ ।हालसम्म भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३८ जना गरी १ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै घाइते हुनेको संख्या १४० जना रहेको छ भने १५५ जनाको उद्धार गरिएको छ । भुकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रादेशिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटाइएको छ । यस्तै, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू उद्धार सामग्रीसहित खटिएको जनाइएको छ ।यसैगरी, पश्चिम रुकुममा विभिन्न गण तथा गुल्मबाट १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।सशस्त्रले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका लागि दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट