गृहपृष्ठ ∕ समाचार ∕ खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु दीप संञ्चार कात्तिक १७, २०८० गते ७:२४ मा प्रकाशित बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-४ फलेडीकी २७ वर्षीया गोमा नेगी रहेकी छन्। गोमाको पुर्चौंडी नगरपालिका-१ कोपीखेतमा खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। आफन्त जानकी धानुकको घरायसी काममा सघाउन गएकी गोमा खर काट्ने क्रममा भिरबाट लडेर सिकिस्त भएकी थिइन्।गोमालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट