गृहपृष्ठ ∕ समाचार ∕ इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन : मन्त्री साउद इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन : मन्त्री साउद दीप संञ्चार असोज २१, २०८० गते १४:०४ मा प्रकाशित परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित परिस्थितिमा नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले १२ जना नेपाली सम्पर्कविहीन भएका बताएका हुन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएका हुन् ।१७ जना नेपालीहरूमध्येबाट दुईजना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले बाँकी १२ जना सम्पर्कमा नभएको बताएका हुन् । तर, उनीहरुको स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ,’ मन्त्री साउदले बैठकमा जानकारी गराए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला