गृहपृष्ठ ∕ समाचार ∕ प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी दीप संञ्चार असोज १९, २०८० गते १५:४१ मा प्रकाशित काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मीले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।‘धेरै अग्रज र साथीभाइहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘संस्थाको शुद्धीकरण, भावनात्मक एकता: एनआरएनएभित्र आर्थिक पारदर्शीता’ भन्ने मेरो प्रमुख मुद्दामा सबैको साथ पाएको छु,’ मध्यपूर्व र यूरोप भ्रमणपछि उनले भने । युरोप र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तामाझ आफ्नो पक्षमा समर्थन जुटाएर फर्किएका उनले त्यहाँ उपाध्यक्षका रूपमा आफ्ना एजेन्डा अगाडि सार्दै सल्लाह सुझावसमेत लिएका थिए ।समृद्ध नेपालका लागि पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, प्रविधिमैत्री एनआरएनएलगायत अन्य एजेन्डाहरु अगाडि ल्याएका कतारका युवा व्यवसायी रेग्मीले ‘महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रूपान्तरण’, ‘समृद्ध नेपालका आधार, नागरिकता र मताधिकार’, प्राविधिक शिक्षा, युवा स्वरोजगार, नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना लगायत विषयलाई पनि प्राथमिकता दिएका छन् ।एनआरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दैछन् । अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल