गृहपृष्ठ ∕ राजनीति ∕ महंगीप्रति कटाक्ष गर्दै रघुजी पन्तको प्रश्न– सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ? महंगीप्रति कटाक्ष गर्दै रघुजी पन्तको प्रश्न– सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ? दीप संञ्चार असोज १९, २०८० गते १२:५६ मा प्रकाशित एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महंगीले थलिएका जनताले यसपालिको दशैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महंगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो ।कविताको शैलीमो तरकारी र खाद्यान्नको भाउ महंगीएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेंडाले के किन्लास् र तँले भनेर आँखा तर्छ, दशैं पेश्की आउने कहिले कहिले, पेश्कीमा महंगी आयो, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?’ क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप