गृहपृष्ठ ∕ राजनीति ∕ गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण दीप संञ्चार असोज १५, २०८० गते १३:५२ मा प्रकाशित राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए । जसको सर्वत्र विरोध भइरहेका बेला रास्वपााले ध्यानाकर्षण पत्र बुझाएको हो ।‘यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भए पनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ