गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते दीप संञ्चार असोज १२, २०८० गते १२:३८ मा प्रकाशित सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो ।भ्यानमा सवार अधिकाश शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा छन् ।यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० की गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप