गृहपृष्ठ ∕ समाचार ∕ माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने दीप संञ्चार कात्तिक ३, २०७६ गते २०:१७ मा प्रकाशित काठमाडौं, कात्तिक ३ विसं २०७८ का लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि नमूना जनगणनाको तयारी थालेको छ । राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी करीब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न कार्यालयले जनाएको छ । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिने भएको हो ।विभागले आज पत्रकार सम्मेलन गरी नमूना गणनाका लागि १५ सुपरीवेक्षक, ६० गणक, अन्य ४७ गरी १२२ जनशक्ति परिचालन गर्ने जानकारी दिएको छ । सुपरीवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । यस कार्यका लागि रु एक करोड १७ लाख बजेट विनियोजन गरिएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ६ महीनाभन्दा बढी अस्थायीरुपमा बसेका नागरिकको सोहीस्थलमा गणना गरिने बताउदै विदेशमा बसिरहेका नेपालीको गणनाका कार्य चुनौतीपूर्ण रहेको बताए । उनले जनगणनाको प्रारम्भिक नतिजा तीन महीना र पूर्ण प्रतिवेदन नौ महीनाभित्र सार्वजनिक गरिने छ ।विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि आज सार्वजनिक गरेको छ । जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जनगणनाका कार्यका लागि आव २०७६÷७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै