गृहपृष्ठ ∕ राजनीति ∕ आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश दीप संञ्चार कात्तिक ३, २०७६ गते १६:११ मा प्रकाशित काठमाण्डौ, तेईस जनालाई जिउदै ईटा भट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका काङ्ग्रेस नेता मोहमद आफताव आलमलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहससमेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा बहस गरेका थिए । यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । १२ वर्षअघि (२७ चैत २०६४) मा भएको बम विस्फोटको घटनालाई लिएर २६ असोजमा आलम पक्राउ परेका हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट र्पुयाइएको छ ।आलम माथि थप दुई अभियोगसांसद आलममाथि थप दुई अभियोग लाग्ने भएको छ । सरकारी वकिल कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जिवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ । घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ ।झुठो आरोपमा फसाइयो -आलमआलमले आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन । अदालत फरिसरमा ‘घटना नै नभएका कारण महान्याधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फैसला गरिसकेको छ । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षडयन्त्र गरेको आलमले बताए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप