गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली राजदूतावास कतारले पनि मनायो संविधान दिवस नेपाली राजदूतावास कतारले पनि मनायो संविधान दिवस शारदा भुजेल असोज ४, २०८० गते २:४४ मा प्रकाशित दोहा – संविधान निर्माण भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसर पारी नेपाली राजदूतावास कतारले एक कार्यक्रम वीच संविधान दिवस मनाएको छ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान-२०७२’ जारी भएको घोषणा गरेका थिए ।कतारमा रहेका संघसंस्था प्रतिनिधि एवं कतारवासी नेपालीहरूको सहभागीतामा हरेक वर्ष झै यस पटक पनि दूतावासकै सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो।कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट र नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले शुभकामना मन्तव्य राखेका थिए ।महामहिम डा. ढकालले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए। नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको कार्यक्रममा संविधानलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट तयार गरिएको विशेष भिडियो पनि देखाइएको थियो ।महामहिम डा. ढकालले कतारमा रहेका सबै नेपालीहरूमा संविधान दिवसको विशेष शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।यस वीच राजदूतावासमा कार्यरत यस बर्षको उत्कृष्ट कर्मचारीको रूपमा इलताज मिरघानीलाई नगद सहित सम्मान गरिएको थियो ।दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले स्वागत गरेको कार्यक्रम दूतावासका सहचारी सन्ध्या भट्टराईले सहजीकरण गरेकी थिइन।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै