कर्मभुमि कतारबाट आरके शर्माद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा
दोहा-गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न विश्व सम्मेलनमा राजेन्द्रकुमार(आरके) शर्माले अध्यक्षमा उठ्ने घोषणा गरेका छन।
कतारको दोहामा नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा कतारमा क्रियाशिल ५७ वटा संघ, संस्थाको आयोजनामा भएको रमाइलो तिज कार्यक्रम सचेतना तथा विविध सांस्कृतिक कार्यक्रममा शर्माले आफूले ५७ वटा संस्थालाई साक्षी राखेर अध्यक्षमा उठ्ने घोषणा गरेका हुन।
“कतारमा स्थापित सबै संघ संस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,”शर्माले दोहामा आयोजित कार्यक्रममा भने,“१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डा सहित उम्मेदवारी घोषणा हुने छ।”
शर्माको उम्मेदवारीले कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएका छन ।शर्माले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आइसीसीको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए।
शर्माले उम्मेदवारी दिँदै गर्दा एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल,कतारका अग्रज अभियन्ता तथा पूर्व उपाध्यक्ष सागर नेपाल सहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।
“गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो,”शर्माले भने,“त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ।”
शर्माले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकता देखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए ।
शर्माले अमेरिकाको क्षेत्रको भ्रमणपछि काठमाडौंमा औपचारिक कार्यक्रम गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस