गृहपृष्ठ ∕ समाज ∕ त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा, आज देखी भन्सारका सबै काम ठप्प त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा, आज देखी भन्सारका सबै काम ठप्प दीप संञ्चार भदौ २५, २०८० गते ६:४३ मा प्रकाशित त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ ।सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।सामुहिक सरुवासहित पाँच बुदेँ माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बिमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।उनीहरुले पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भिर आरोप लगाएका छन । ‘सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा भनिएको छ ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप