गृहपृष्ठ ∕ समाचार ∕ मातृभूमिको माटो नबेच्न एनआरएनए अध्यक्ष कुल आचार्यको अपिल (भिडियो सहित) मातृभूमिको माटो नबेच्न एनआरएनए अध्यक्ष कुल आचार्यको अपिल (भिडियो सहित) दीप संञ्चार भदौ १७, २०८० गते १८:३६ मा प्रकाशित गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन ।गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं युकेद्वारा आयोजित भव्य नेपाली मेलालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भै रहेकोले नेपालमा रहेको आफ्नो सम्पत्तिको बारेमा ढुक्क हुन आग्रह गरे ।“यही अक्टोबर महिना भित्रै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउंछ ।अब डराउनु पर्ने अवस्था छैन। संविधानले नै हाम्रो सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ। त्यसैले हामी जन्मिएको भूमिको माटो बेचेर विदेशमा पैसा नल्याइ दिनुहोला,” उनले भावुक हुँदै भने।उनले सहमतिको आधारमा चुनिएको गैर आवासीय नेपाली संघको नयाँ टिमले काम थाले यता गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, नेपालमा गर्ने लगानीको क्षेत्रमा प्रगति भएको बताए।गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी जति सक्दो छिटो गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न शुरु गर्न पनि आफुले नेपाल सरकारसंग व्यक्तिगत र संस्थागत रुपमा पहल गर्दै आएको उनले बताए।त्यस्तै केही समय यता सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने कुराहरु देखिएक भन्दै सजग हुन पनि उनले आग्रह गरे। “हामीले बनाएको सद्भाव, हाम्रो कर्मको मूल्यांकन गर्ने जिम्मा तपाईंहरुको हो, संसारभरिका नेपालीहरुको हो,” उनले भने।नेपालको संसदको दुवै सदनबाट दुइ, दुइ पटक पारित भएको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पछि उक्त विधेयक ऐन बनेको छ। सोही कानूनको अधीनमा रही नियमावली तयार भै सकेको र अब छिट्टै लागू हुने गृह मन्त्रालयले जनाएको छ।https://www.deepsanchar.com/wp-content/uploads/2023/09/WhatsApp-Video-2023-09-03-at-01.43.36.mp4क्याटेगोरी : समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप