गृहपृष्ठ ∕ राजनीति ∕ शितल निवासमा सर्वदलीय बैठक बस्दै शितल निवासमा सर्वदलीय बैठक बस्दै दीप संञ्चार भदौ ५, २०८० गते ७:५४ मा प्रकाशित संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए ।दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सर्वदलीय बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ