Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम

विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ।

गत असार २९ गते सिनामंगलमा फेलापरेको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको हो।

बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो।

बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #१०० किलो सुन प्रकरण, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस