गृहपृष्ठ ∕ राजनीति ∕ गगनको निर्वाचन क्षेत्रमा पस्यो बालेनको डोजर, स्थानीयबासी आन्दोलित गगनको निर्वाचन क्षेत्रमा पस्यो बालेनको डोजर, स्थानीयबासी आन्दोलित दीप संञ्चार साउन २५, २०८० गते १७:४५ मा प्रकाशित काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोला माथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेको छ ।स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको नगरप्रहरी निरीक्षक शिव ढकालले नेपालप्रेसलाई बताए ।काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी,उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार समेत गरेका थिए । त्यसपछि नेपाल प्रहरीको टोलीले डोजरको चाबी खोसेर काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ ।बुढानिलकण्ठका प्रवक्ता भट्टराईले समन्वय गरौं भनेर आग्रह गर्दा आफूहरुमाथि हातपात गरिएको बताए ।यो गगन थापाको निर्वाचन क्षेत्र हो । केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला गरेको थियो । गत वर्ष कपन खोला को ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला