गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली फ्लाई दुबईले छाडेर आयो ७० वटा ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली दीप संञ्चार साउन २२, २०८० गते १९:०२ मा प्रकाशित आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् ।आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर आएको हो ।साउदीको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै काठमाडौं आएको फ्लाई दुबईको विमानले दुबईमा ७० वटा ब्यागेज छोडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।दुबईबाट विमान उड्दा मौसममा भएको खराबीले बढी इन्धन बोक्नु परेकाले यात्रुको ब्यागेज दुबईमा छोड्नु परेको झाको भनाइ छ ।‘हिजो काठमाडौंको मौसम राम्रो नभएकाले विमानले अतिरिक्त इन्धनसहित उडान गरेको थियो,’ झाले भने,‘मौसम खराब हुँदा नजिकको विमानस्थलसम्म पुग्ने र आकासमा होल्ड गर्ने बाहेक पनि अतिरिक्त इन्धन बोक्ने गरिन्छ । इन्धन बढी बोक्नु परेपछि लोड मिलाउन ७० वटा लगेज दुबईमा छोडिएको हो । आज ती सबै लगेज आउँछन् ।’काठमाडौं विमानस्थलका एक अधिकारीले भोलि दिँउसोसम्म सबै यात्रुको ब्यागेज दिने जानकारी दिए ।उनले भने, ‘यात्रुहरुको ब्यागेज जुन फ्लाइटले छोडेको थियो त्यसमा नै आउँछ । यात्रुहरुले ब्यागेज आएपछि कल गर्ने र्फम भर्नुभएको छ। यहीँ अनुसार कल गरेर हामी ब्यागेज लिन बोलाउँछौँ । ’फ्लाई दुबईले दुबईबाट ब्यागेज आएपछि यात्रुहरुलाई बोलाउने विमानस्थलका ती कर्मचारीले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल