गृहपृष्ठ ∕ समाचार ∕ भारतको केदारनाथमा पहिरोमा कर्णालीका १७ जना बेपत्ता भारतको केदारनाथमा पहिरोमा कर्णालीका १७ जना बेपत्ता दीप संञ्चार साउन १९, २०८० गते २०:२८ मा प्रकाशित भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्।केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुर्दा १९ जना बेपत्ता भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्पकरसिंह धामीले बताए।पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा ढावा (होटल) पनि बगाएको छ। केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो गएको बताइएको छ।पहिरोमा परेर कर्णाली प्रदेश घर भएका हरि बहादुरसहित उनको परिवारका सदस्य बेपत्ता भएका छन्। उनले पहिरो गएको ठाउँमा होटल सञ्चालन गरेका थिए। पहिरोमा परेर हरि बहादुरसहित उनका छोरा बीर बहादुर, पत्नी सुमित्रा, छोरी निशा पनि बेपत्ता भएका छन्।जिल्ला बिपत् प्रबन्धन अधिकारी नन्दन सिंह जरवारलाई उद्धृत गर्दै भारतीय पत्रिका जागरणले लेखेअनुसार हरि बहादुरको होटलमा खाना खान आएका कर्णालीको जुम्ला घर भएका मुन बहादुर बुढा र उनका छोरा धर्मराज बुढा पनि बेपत्ता भएका छन्। यस्तै, जुम्ला नै घर भएका लाल बहादुर कामी, चन्द्र कामी, सुखराम राउत र उनका छोरा जोरा राउत पनि बेपत्ता भएका छन्।नेपाली नागरिक मानबहादुर बोहरा, उनका छोरा अमर बोहरा, श्रीमती २६ वर्षीया अनिता बोहरा, छोरी १४ वर्षीया राधिका बोहरा, छोरी ८ वर्षीया पिंकी बोहरा, छोरा ७ वर्षीया पृथ्वी बोहरा र छोरा ६ वर्षीया जटिल बोहरा पनि बेपत्ता भएका छन्। उनीहरूको नेपालको स्थानीय ठेगाना भने खुलेको छैन।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #बेपत्ता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट