गृहपृष्ठ ∕ राजनीति ∕ मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान दीप संञ्चार साउन १२, २०८० गते २०:४३ मा प्रकाशित कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन् । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गरेका हुन् ।विश्वास मत प्राप्त गर्न नसकेपछि एमालेका हिक्मत कार्की अल्पमतमा परेसँगै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएपछि सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले दाबी पेस गरेका थिए । त्यसपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरियो । सो नियुक्तिविरुद्ध कार्की सर्वोच्च अदालत गएका थिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्नेसहितको परमादेश जारी गरेको थियो ।यसपछि कार्की पुनः कामचलाउ प्रदेश सरकारको मुख्यमन्त्रीमा पदस्थापन हुने भएका छन् । साथै प्रदेश प्रमुख खापुङ्गको दाबी पेस गर्न गरेको आह्वानले कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप