गृहपृष्ठ ∕ समाचार ∕ १०० किलो सुन प्रकरण : कमलपोखरीस्थित व्यापारी अडुकियाको घरमा राजस्व विभागको छापा १०० किलो सुन प्रकरण : कमलपोखरीस्थित व्यापारी अडुकियाको घरमा राजस्व विभागको छापा दीप संञ्चार साउन १०, २०८० गते २३:१८ मा प्रकाशित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । तस्करीको १०० किलो सुन बरामद हुनु भन्दा केही समयअघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।उनको यात्रा शंकास्पद देखिएपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ । १०० किलो सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारका समेत उनी विवादस्पद पात्र हुन् । यसअघि नै विभागको निगरानीमा परेका व्यापारी अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको देखिन्छ । त्यसैले विभागले उनलाई शंकाको घेरामा राखेर बुधबार उनको घरमा छापा मारेको हो ।क्याटेगोरी : समाचारट्याग : #१०० किलो सुन प्रकरण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ