गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध विमानस्थलबाट पनि मलेसिया उडान गर्ने नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध विमानस्थलबाट पनि मलेसिया उडान गर्ने दीप संञ्चार जेठ ४, २०८० गते १९:१२ मा प्रकाशित काठमाडौँ।राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन ।उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरिएको प्रवक्ता पौडेलले जानकारी दिएका छन ।एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने जनाएको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए ।निगमले मलेसियाको जोहोरबारुवाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने जनाएको छ । यसपश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट समेत काठमाडौँ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने एयरलाइन्सले विश्वास लिएको छ । भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिने प्रवक्ता पौडेलले जानकारी दिए । पर्यटन मन्त्रीमा सुदन किराती आएपछीनेपाल एयरलाईन्समा धेरै सुधार हुनुका साथै एयरलाईन्सले छलांग मारेको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #नेपाल एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला