गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध विमानस्थलबाट पनि मलेसिया उडान गर्ने नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध विमानस्थलबाट पनि मलेसिया उडान गर्ने दीप संञ्चार जेठ ४, २०८० गते १९:१२ मा प्रकाशित काठमाडौँ।राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जेठ २९ गते देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन ।उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरिएको प्रवक्ता पौडेलले जानकारी दिएका छन ।एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने जनाएको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए ।निगमले मलेसियाको जोहोरबारुवाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने जनाएको छ । यसपश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट समेत काठमाडौँ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने एयरलाइन्सले विश्वास लिएको छ । भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिने प्रवक्ता पौडेलले जानकारी दिए । पर्यटन मन्त्रीमा सुदन किराती आएपछीनेपाल एयरलाईन्समा धेरै सुधार हुनुका साथै एयरलाईन्सले छलांग मारेको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #नेपाल एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप