गृहपृष्ठ ∕ समाचार ∕ एनआरएन र गाउँपालिका मिलेर सम्पन्न गर्ने जलबिद्युत आयोजनाको पिपिएमा हस्ताक्षर एनआरएन र गाउँपालिका मिलेर सम्पन्न गर्ने जलबिद्युत आयोजनाको पिपिएमा हस्ताक्षर दीप संञ्चार जेठ १, २०८० गते २०:३२ मा प्रकाशित काठमाडौं । बिगत लामो समय देखि स्थगित विद्युत खरिद सम्झौता (पिपिए) बिद्युत प्राधिकरण ले १५०० मेगावाट सम्म लाइ खुल्ला गरे सगै गैर आवासीय नेपालीहरुको लगानी रहेको लोवर मिड रावाखोला हाइड्रोपावर प्रोजेक्ट प्रा. लि. द्वारा प्रबर्धित खोटांग जिल्ला को रावाखोलामा निर्माण हुन गईरहेको तल्लो मध्ये रावाखोला जलबिद्युत आयोजना (४ मेगावाट) को विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनिका तर्फ बाट अध्यक्ष शम्भु प्रसाद घिमिरे बीच हस्ताक्षर गरि बिहिबार (बैशाख २८ गते) सम्झौता भएको हो।सम्झौता अनुसार प्राधिकरणले हिउँदमा नन पिकिङ आवर अर्थात सामान्य समयमा उत्पादन भएको विद्युत प्रतियुनिट ८।४० रुपैयाँमा र बर्खायामको विद्युत भने प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्नेछ। आयोजनाको निर्माण पूर्वको काम सकिन लागेको कम्पनीका अध्यक्ष घिमिरे ले जनाउनुभएको छ। आयोजना सम्पन्न गर्न करिब ८३ करोड ३५ लाख ४४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा अधिकतम गैर आवासीय नेपालीहरुको लगानी रहनेछ, यसै समूह मार्फत नेपाल मा विभिन्न क्षेत्रहरु जस्तै जलबिधुत, लघुवित्त, होटेल, हस्पिटल लगायत अन्य सफल परियोजनाहरु संचालनमा छन्। आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने ५८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ। आयोजनाको निर्माणका लागि एक महिना भित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने गरि तयारी भइरहेको अध्यक्ष घिमिरे ले बताएका छन्।आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण कार्य तथा आयोजना स्थल मा आबश्यक सडक निर्माण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको छ। आयोजना को सुन्दर पक्ष भनेको जतिपनि जग्गा धनिहरु , सबै जना आफै शेयर सदस्य रहेका छन् ।आयोजनाको निर्माण बि। सं। २०८२ मसान्त सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २४.०८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। वर्षायाममा २०.४६ गिगावाट घन्टा र हिउँदयाममा ३.६२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ।स्थानीय सरकार संग को सहकार्यमा निर्माण हुन लागिरहेको यो आयोजना बिशेष महत्वपुर्ण रहने संचालक तथा गैर आवासीय नेपाली संघ युरोप का क्षेत्रीय युवा संयोजक रमेश काफ्ले ले बताउनुहुन्छ। यो एउटा गैर आवासीय नेपालीहरुको लगानी र प्रतिफल को कुरा मात्र नभई सामाजिक परियोजना को रुपमा हेरिएको र सोहि अनुसार धेरै भन्दा धेरै गैर आवासीय युवाहरुलाई लगानीको लागि प्रोत्साहन गर्दै सामाजिक उधमशिलता बिकाशको लागि जोड दीईएको मोडेल प्रोजेक्ट हो। कूल ४ मेगावाट क्षमताको सो आयोजनामा खोटांग को ऎसेलुखर्क गाउँपालिकाले आयोजनाको कूल लागतको १० प्रतिशत रकम लगानी गर्ने गरि आयोजना निर्माण सम्बन्धि सम्झौतापत्र मा हस्ताक्षर समेत गरिसकेको छ। स्थानीय सरकार र गैर आवासीय नेपाली तथा अन्य नेपालीहरुले लगानी गरी यो आयोजना निर्माण गर्न लागिएको मा स्थानीयबासी समेत खुशी भएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल