गृहपृष्ठ ∕ राजनीति ∕ बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं- देउवा बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं- देउवा दीप संञ्चार वैशाख २२, २०८० गते ११:१३ मा प्रकाशित काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नु पर्ने बताएका छन् ।बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दैै पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले हत्या र हिंसाको बिरोध गर्न पनि आब्हान गरेका छन् । ‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ । दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन्, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’ देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना देउवाले गरेका छन् ।उनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्तसमेत गरेका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल