गृहपृष्ठ ∕ राजनीति ∕ किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान दीप संञ्चार वैशाख १६, २०८० गते १२:१४ मा प्रकाशित नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन्।सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमपर्ण गर्न शुक्रवार अदालतमा पुगेकी थिइन् ।जिल्ला अदालत मोरङका जिल्ला न्यायधिस अम्बिकाप्रसाद निरौलाले २०७४ बैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ बर्ष जेल सजायँ फैसाला गरेका थिए ।जिल्ला अदालतको फैसाला बिरुद्ध पुनरावेदन गर्न उच्च अदालत गएपनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पुर्व गाविस सचिव कामत र मण्डललाई भने २ बर्षको सजाय तोकिदिएको छ ।मोरङ जिल्ला अदालका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवाश्यक प्रक्रिया पुरा गरी कैद भुक्तान का लागि कारागार पठाएको हो ।तत्कालिन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो । २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भुमिका खेलेको अदालतले ठहर गर्दैै जेल सजाय तोकेको हो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप