गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” शिवु खनाल असोज २६, २०७६ गते १६:२० मा प्रकाशित दाङ्ग, दाङको लमहीमा सरायँ नाच तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको हो ।पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि किालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डेले बताएका छन् । लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित कालिका भगवती मन्दिरमा पुजापाठ गरेर हातमा आलम, खुडा, फूलपातीलिई बजार परिक्रमा गर्दै सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो ।यो नाच सबैभन्दा बढि अर्घाखाँची र गुल्मि जिल्लामा सरायँ नाच र खड्ग जात्रा निकालिने गरेको अध्यक्ष पाण्डेले बताए । विशेषगरी सरायँ नाच तथा खड्ग जात्रामा आलम, खुडा, तरवार लगायतका हातहतियारको शक्ति प्रदर्शन गर्ने गरिन्छ । सरायँ नाच, खड्ग जात्रा र शक्तिपिठमा हेर्नकै लागि गाउँ घरबाट बसाईसराइ सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कने गरेको कालिका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णु गैरेले बताए ।सरायँ नाचको प्रचारप्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने र हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुने उनको भनाइ छ । सरायँ नाच तथा खड्ग जात्रा दाङ सहित देउखुरीको लमही, पिपरी, सिसहनिया, भावुवाङमा निकालिएको छ । यस्तै मन्दिरहरुमा बोका बलि दिने प्रचलन समेत रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै