गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” दाङको लमहीमा “सरायँ नाच तथा खड्ग जात्रा” शिवु खनाल असोज २६, २०७६ गते १६:२० मा प्रकाशित दाङ्ग, दाङको लमहीमा सरायँ नाच तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको हो ।पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्ष पनि किालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डेले बताएका छन् । लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित कालिका भगवती मन्दिरमा पुजापाठ गरेर हातमा आलम, खुडा, फूलपातीलिई बजार परिक्रमा गर्दै सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो ।यो नाच सबैभन्दा बढि अर्घाखाँची र गुल्मि जिल्लामा सरायँ नाच र खड्ग जात्रा निकालिने गरेको अध्यक्ष पाण्डेले बताए । विशेषगरी सरायँ नाच तथा खड्ग जात्रामा आलम, खुडा, तरवार लगायतका हातहतियारको शक्ति प्रदर्शन गर्ने गरिन्छ । सरायँ नाच, खड्ग जात्रा र शक्तिपिठमा हेर्नकै लागि गाउँ घरबाट बसाईसराइ सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कने गरेको कालिका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णु गैरेले बताए ।सरायँ नाचको प्रचारप्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने र हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुने उनको भनाइ छ । सरायँ नाच तथा खड्ग जात्रा दाङ सहित देउखुरीको लमही, पिपरी, सिसहनिया, भावुवाङमा निकालिएको छ । यस्तै मन्दिरहरुमा बोका बलि दिने प्रचलन समेत रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ