गृहपृष्ठ ∕ राजनीति ∕ चालक घरबाट खसेको विषयमा रवि लामिछानेले भने -राजनीतिकरण नगर्नू, नुनचुक बोकेर नआउनू चालक घरबाट खसेको विषयमा रवि लामिछानेले भने -राजनीतिकरण नगर्नू, नुनचुक बोकेर नआउनू दीप संञ्चार वैशाख ४, २०८० गते २०:४९ मा प्रकाशित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन् । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए । उक्त विषयमा प्रहरीले अनुसन्धान जारी सुरु गरेको र थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । सोही विषयलाई लिएर सोमबार अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । साथै उनले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेले लेखेका छन् :आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमसी पुरानो मेडिकल (कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking, #रवि लामिछाने तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप