गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने प्रधानमन्त्रीले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने दीप संञ्चार चैत्र ११, २०७९ गते १८:२३ मा प्रकाशित काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका हुन् ।बैठकबारे जानकारी दिँदै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘मन्त्रिपरिषद् विस्तार कुनै विषयमा अल्झेको होइन । गठबन्धनका शीर्ष नेताहरूले सबै पक्षहरूसँग अलग–अलग छलफल गरेर प्रस्ताव बनाउनु भन्नुभएको थियो । त्यही अनुसार आजसम्म सबै पक्षहरूसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।’पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने बताए । ‘नमिल्ने कुरा केही छैन । होमवर्क नपुगेर मात्र हो,’ उनले भने ।त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको बताए । प्रचण्डले गठबन्धनमा रहेका सबै दललाई विश्वासमा लिएर बढ्नुपर्नेमा जोड दिएको उनको भनाई छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप