गृहपृष्ठ ∕ ग्लोबल ∕ दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दीप संञ्चार चैत्र १, २०७९ गते २२:५४ मा प्रकाशित दोहा-नेपाल सहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ आजबाट सुरु भएको छ। कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले प्रदर्शनीको उद्घाटन गरेका हुन। यसैबीच नेपाली कृषि प्रदर्शनीको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका छन।नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार,निर्यात व्यवसायी महासंघ,नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको नेपाली कृषि प्रदर्शनीको महामहिम ढकालले उद्घाटन गरेका हुन।प्रदर्शनी कार्यक्रममा बोल्दै महामहिम ढकालले व्यवसायीहरुको ब्यक्तिगत रुपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए।प्रदर्शनीमा सहभागि हुन आएका नेपालीहरुलाई दुतावासले गर्नु पर्ने कुनै पनि सहयोग भएमा खुलेर भन्न समेत आग्रह गरे ।उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको ब्यापार मौलाउनु रहेको बताउदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मुल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरुको बजारको अभाव नरहने बताए।कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष गोविन्द घिमीरेले प्रदर्शनीले नेपाली बस्तुलाई कतारको बजारमा राम्रो सँग पुर्याउन सकिए आर्थिक समृद्धिका साथमा दुई देश बिचको सम्बन्ध पनि समधुर रहनेमा जोड दिए।प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने बताउदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरुमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रुपमा पाउने बतावरण बनाउन छलफल गरिरहेको बताए।नेपाली ब्यबसायी तथा भिजिर्टसहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रमलाई ब्यवसायी संघका महासचिव रमेश भट्टले सहजिकरण् गरेका थिए।कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्वल, अलैची,अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका छन।आज देखि १९ मार्च सम्म चल्नेछ प्रदशनीमा ६७५ भन्दा बढी कम्पनीहरू र कतार बाहिरका ५२३ कम्पनीहरूको सहभागिता रहेको छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल