गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई दीप संञ्चार फागुन २१, २०७९ गते १६:५९ मा प्रकाशित काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् । माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने केही वर्षअघि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई आधारमा मानेर सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुन लागेपछि डा. भट्टराईको सो अभिव्यक्ति आएको हो । सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई न्यायाधीशद्व ईश्वर खतिवडा र न्यायाधीश हरि फुयालको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा आदेश भएको छ ।सोही विषयलाई लिएर माओवादी केन्द्रले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै न्यायिक पुनरावलोकनको सामान्य सिदान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको ठहर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताइसकेका छन् । सोही कार्यक्रममा उनले पूर्व माओवादी एकजुट भएर प्रतिक्रियावादीलाई निस्तेज बनाउनुपर्ने बताइरहँदा डा। भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए । माओवादी सशस्त्र युद्धलाई अपराधीकरण गरिने वा नेताहरुमाथि मुद्दा लगाउन थालियो भने कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बाबुराम भट्टराई तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला