पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानको भीडभाड बजारमा आइतबार भएको बम विष्फोटमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका अधिकारीहरूले यस दक्षिण एसियाली राष्ट्रमा हिंसा बढ्दै गएको बताएका छन्।
प्रान्तीय राजधानी क्वेटाबाट करिब ६०० किलोमिटर (३६० माइल) उत्तरपूर्वमा रहेको बरखानमा भएको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।
स्थानीय प्रहरी प्रमुख सज्जाद अफजलले भटभटे (मोटरसाइकल)मा बम राखिएको र दूरी नियन्त्रण(रिमोट कन्ट्रोल)बाट विस्फोट गराइएको बताए । बम विष्फोटमा मानवीय क्षति हुनुका साथै बजारका धेरै पसलमा पनि नराम्ररी क्षति पुगेको छ । उद्धारकर्ताहरूले घाइतेहरूलाई अस्पताल लगेको अफजलले भने।
बलुचिस्तानले लामो समयदेखि बलुचिस्तान लिबरेशन आर्मी(स्वतन्त्र सेना) र इस्लामाबादको केन्द्रीय सरकारबाट स्वतन्त्रताको माग गर्दै अन्य साना पृथकतावादी समूहहरूको निम्न स्तरको विद्रोहसँग संघर्ष गरिरहेको छ भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।
अधिकारीहरूले विद्रोहलाई नियन्त्रणमा लिएको दाबी गरे पनि हिंसा जारी छ। अराजक प्रान्तमा पाकिस्तानी तालिबान र आईएस (इस्लामिक स्टेट) समूह दुवैले आक्रमण गरेका छन भनि समाचारमा जनाईएको छ ।
बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले बम विष्फोटको निन्दा गर्दै यसलाई आतंकवादी हमलाको संज्ञा दिएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस