गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु दीप संञ्चार फागुन १४, २०७९ गते २०:३३ मा प्रकाशित दक्षिणपश्चिम पाकिस्तानको भीडभाड बजारमा आइतबार भएको बम विष्फोटमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका अधिकारीहरूले यस दक्षिण एसियाली राष्ट्रमा हिंसा बढ्दै गएको बताएका छन्।प्रान्तीय राजधानी क्वेटाबाट करिब ६०० किलोमिटर (३६० माइल) उत्तरपूर्वमा रहेको बरखानमा भएको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।स्थानीय प्रहरी प्रमुख सज्जाद अफजलले भटभटे (मोटरसाइकल)मा बम राखिएको र दूरी नियन्त्रण(रिमोट कन्ट्रोल)बाट विस्फोट गराइएको बताए । बम विष्फोटमा मानवीय क्षति हुनुका साथै बजारका धेरै पसलमा पनि नराम्ररी क्षति पुगेको छ । उद्धारकर्ताहरूले घाइतेहरूलाई अस्पताल लगेको अफजलले भने।बलुचिस्तानले लामो समयदेखि बलुचिस्तान लिबरेशन आर्मी(स्वतन्त्र सेना) र इस्लामाबादको केन्द्रीय सरकारबाट स्वतन्त्रताको माग गर्दै अन्य साना पृथकतावादी समूहहरूको निम्न स्तरको विद्रोहसँग संघर्ष गरिरहेको छ भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।अधिकारीहरूले विद्रोहलाई नियन्त्रणमा लिएको दाबी गरे पनि हिंसा जारी छ। अराजक प्रान्तमा पाकिस्तानी तालिबान र आईएस (इस्लामिक स्टेट) समूह दुवैले आक्रमण गरेका छन भनि समाचारमा जनाईएको छ ।बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले बम विष्फोटको निन्दा गर्दै यसलाई आतंकवादी हमलाको संज्ञा दिएका छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप