गृहपृष्ठ ∕ समाचार ∕ डीआईजी अशोक सिंहले दिए राजीनामा डीआईजी अशोक सिंहले दिए राजीनामा दीप संञ्चार फागुन ११, २०७९ गते १३:२० मा प्रकाशित काठमाडौँ।नेपाल प्रहरीका डिआइजी अशोक सिंहले राजीनामा दिएका छन ।उनले उमेरलगाएतका विवादमा परेपछि राजिनामा दिएका हुन । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनसवाललाई बतायो ।उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको स्रोतले बतायो । केही दिन पहिले उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष रहेको छ । तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख गरिएको जनाईएको छ ।उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्म मिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख रहेको छ ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष रहेको छ ।गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै