गृहपृष्ठ ∕ राजनीति ∕ सभापति देउवाद्वारा शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान सभापति देउवाद्वारा शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान दीप संञ्चार माघ १६, २०७९ गते १५:३७ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गर्नुभएको छ ।शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गर्नुभएको छ । सभापति देउवाले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।विसं १९९७ देखि २०६२र६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला