कांग्रेसको ध्यान राष्ट्रपतिमा
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।
‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने ।
नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।
कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस