गृहपृष्ठ ∕ राजनीति ∕ ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस् ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस् दीप संञ्चार माघ ५, २०७९ गते १३:१५ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने बताएका थिए । त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए ।उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गरे ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #विश्वप्रकाश शर्मा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल