गृहपृष्ठ ∕ राजनीति ∕ यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयहरू यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयहरू दीप संञ्चार पुस २३, २०७९ गते १८:५० मा प्रकाशित काठमाडौं। आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ ।१-नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।२- निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।३- स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।४- प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।५- यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।६- निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।७- यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ । ८। नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस बिहान ९ः०० बजे बस्ने निर्णय गर्दछ ।शोक प्रस्ताव :१- यो बैठक नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय कुलबहादुर आले र पूर्व सांसद श्री मैया देवी श्रेष्ठको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । २। निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी न।पा। वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने।वि।संघका नेता संजिव ऐडीको मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप