गृहपृष्ठ ∕ समाज ∕ एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक दीप संञ्चार पुस १४, २०७९ गते ११:२६ मा प्रकाशित चितवन – गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका उपाध्यक्ष एवं पिजन ग्रुप कतारका सीईओ राजेन्द्र कुमार शर्मा(आरके) लाई मातृशोक परेको छ ।बाग्लुंग जिल्ला सुखैरा ८ बाट बसाईं सराई गर्दै चितवनमा स्थायी बसोवास गर्दै आएका शर्मा परिवारको माता कुन्ता कुमारी शर्माको ८३ बर्षको उमेरमा आज विहान निधन भएको हो ।भरतपुर महानगरपालिका वडा नं. १६ फुर्तिचोकमा बस्दै आएकी शर्माका आमा कुन्ता कुमारी शर्माको केहि दिनदेखि चितवन मेडिकल कलेजमा उपचार भैरहेको थियो ।चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. कुन्ता कुमारी शर्मा सोहि टोलको सकृय टोल विकास सँस्था,सकृय आमा समूहको संरक्षक समेत रहेकी थिईन ।एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी स्व. शर्माको ८ सन्तान रहेका छन ।दिवंगत शर्मा ब्रम्हलीन हुनुअघि शिवघाटमा नै आफ्नो देह अन्त्येस्टी गराईदिनु भन्ने इच्छानुसार उहाँको पार्थिव शरीरलाई आज विहान ९ बजे भरतपुर महानगरपालिका शिवघाट स्थित पवित्र घाटमा देह अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । क्याटेगोरी : समाज, स्वास्थ्यट्याग : #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै