गृहपृष्ठ ∕ ग्लोबल ∕ गोरखा सेवा समाज कतारको १९औं स्थापना दिवस भव्य रूपमा सम्पन्न गोरखा सेवा समाज कतारको १९औं स्थापना दिवस भव्य रूपमा सम्पन्न शारदा भुजेल पुस ९, २०७९ गते २०:१९ मा प्रकाशित दोहा- गोरखा सेवा समाज कतारले १९औं स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ।‘तन मन बचनले सेवा गरौं’ भन्ने मुल नाराका साथ कतारमा सन् २००३ मा स्थापना भएको समाजले १९औं स्थापना दिवस भव्य रूपमा सप्पन्न गरेको हो।स्थापना दिवसको अवसरमा समाजले प्रवासको जीवन र जीवनशैली”सगँ सम्बन्धि उत्प्रेरणात्मक कार्यक्रम वरिष्ठ योग विशेषज्ञ एवम् उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा सम्पन्न गरेको छ ।कतारको ग्रान्ड मल स्थित सेन्चुरी रेस्टुरेन्टमाको सभाहलमा समाजका अध्यक्ष रामजी खत्रीकोसभापतित्वमा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष राज रेग्मीको बिशेष आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियोे ।कार्यक्रममा डाक्टर राजु अधिकारीले प्रवासको जीवन र जीवनशैली बिषयमा मानव स्वास्थ्य, प्रवासमा रहदा अपनाउनुपर्ने जीवनशैली र त्यस सग प्रत्यक्ष सरोकार राख्ने भोजन, शारीरिक ब्यायाम, योग, प्राणायम र ध्यानका बारेमा सहभागिलाई विभिन्न सन्देश दिएका थिए ।कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष एवम् गोरखा सेवा समाज कतारका संरक्षक श्रीकृष्ण भट्टराई, गोरखा सेवा समाजका प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, रमजान अलि मिया, दिपक लामिछाने,नवराज सिंखडा,रन बहादुर गुरुङ, सामाजिक अभियान्ता बिमल सुवेदी,जनसम्पर्क समितिका महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मंचका उपाध्यक्ष बिजय बिक्रम बस्नेत, अन्तरास्ट्रिय नेपाली समाजका प्रवक्ता ध्रुब क्षेत्री, पत्रकार महासंघ, कतार शाखाका सह-सचिव दिलिप पराजुली,अन्तरास्ट्रिय मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलि, गण्डकी प्रदेश समन्वय परिषद, कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, बाग्मती प्रदेश समन्वय परिषदका अध्यक्ष राज देवकोटा, लुम्बिनी प्रदेश समन्वय परिषद अध्यक्ष बुद्ध पाण्डे, साथै गण्डकी प्रदेश अन्तरगत रहेका जिल्ला संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न सामाजिक संघ-संस्था, जातीय संस्था, पत्रकार एवम् सामाजिक अभियन्ताहरुको उपस्तिथिती रहेको थियो ।बरिस्ठ उपाध्यक्ष ओमराज गुरुङले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव अर्जुन संग्रौलाले गरेका थिएक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने