गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डले दिए प्रकाशमानमार्फत देउवालाई पहिलो कार्यकाल नछाड्ने सन्देश प्रचण्डले दिए प्रकाशमानमार्फत देउवालाई पहिलो कार्यकाल नछाड्ने सन्देश दीप संञ्चार पुस ८, २०७९ गते १२:२३ मा प्रकाशित सत्ता गठबनधनबीच ‘पावर शेयरिङ’मा सहमति जुट्न नसकिरहेको समयमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर प्रकाशमान प्रचण्डकोमा गएका थिए ।प्रकाशमानका सहयोगी यूपी लामिछानेका अनुसार गठबन्धनलाई कायमै राखेर नयाँ प्रधानमन्त्रीमा सहमति खोज्नेबारे दुई नेताबीच छलफल भएको छ ।पहिलो कार्यकालको प्रधानमन्त्री कांग्रेसले नै राख्ने भन्दै दोस्रो कार्यकालको प्रधानमन्त्री लिन सिंहले प्रस्ताव गरेका थिए ।तर, प्रचण्डले भने पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट गरेका छन् ।बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट सन्देश दिएका थिए ।प्रचण्डले सूत्रहरूमार्फत नेकपा एमालेसँग पनि छलफल अगाडि बढाएका छन् ।यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका देउवाका विश्वासपात्र बालकृष्ण खाँणले प्रचण्डसँग पटक–पटक छलफल गरेका छन् ।प्रधानमन्त्रीको नाम सिफारिश गर्न राष्ट्रपतिले दिएको समय घर्किनै लाग्दा दलहरूले छलफल तीव्र बनाएका छन् ।राष्ट्रपतिले पुस १० गते आइतवार साँझ ५ बजेसम्म बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीको नाम सिफारिश गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रकाशमान सिंह, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप