गृहपृष्ठ ∕ राजनीति ∕ एमालेको चाहना, प्रचण्ड प्रधानमन्त्री बनून् एमालेको चाहना, प्रचण्ड प्रधानमन्त्री बनून् दीप संञ्चार पुस ८, २०७९ गते १२:०६ मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरु निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरु औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् ।गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरुले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गरिएको थियो ।सरकार गठनका लागि दलहरु घनिभूत छलफलमा छन् । विशेषगरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ ।तर, सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले नेता गोकुल बाँस्कोटाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रुपमा भनेका छन् ।बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा हेरेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थीरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस । शुभकामना ।’ क्याटेगोरी : राजनीतिट्याग : #breaking, #एमाले, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै