गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको अपिल पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको अपिल दीप संञ्चार पुस ७, २०७९ गते १८:१८ मा प्रकाशित भूतपूर्व ब्रिटिश गोर्खाका एकमात्र छोरा किरण पुन तीन सातादेखि सम्पर्कमा नआएपछि उनको परिवारले खोजी गरिदिन अपिल गरेको छ ।बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका हुन् ।दुध फ्रयाक्ट्रीमा काम गर्ने उनी त्यही दिनदेखि तीन दिन बिदामा थिए । काममा बिदा भएपछि उनले आफ्नो बाबु भूतपूर्व गोर्खा तीर्थबहादुर पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हाल्न कार रोके । छोराले फूल टयांक इन्धन हालेको पैसा पनि तिरिदिएका थिए ।छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेखवर छन् । उनको फोन ‘स्वीच अफ’ छ ।सेल्सबरी प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले किरण फार्नबोरो ट्रेन स्टेसन ९मेन० मा झरेको देखे पनि थप जानकारी पाएको छैन् ।प्रहरीले घट्नालाई ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजिरहेको पारिवारिक श्रोतको भनाइ छ । पुन बेपत्ता भएपछि परिवार एकदम चिन्तित छ ।एनआरएनए यूकेले आफ्ना पञ्जीकृत सदस्य किरण पुनको खोजी गरिदिन सबैमा आव्हान गरेको छ ।पुनको परिवार र प्रहरीको आग्रह बमोजिम एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उनको जीवन रक्षा र खोजी गरिदिन बेलायती समुदायमा अपिल गरेका हुन् । उनीबारे केही जानकारी भए स्थानीय प्रहरी, आफू र परिवारजनलाई सम्पर्क गरिदिन गाहामगरको आग्रह छ ।पोखरा स्थायी घर भएका किरण कला क्षेत्रमा समेत रुची राख्थे ।सम्पर्क विवरणःएनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर- 07833507666बहिनी देवी पुन- 07846445488क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल, बेलायत, समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजानेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने