पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको अपिल
भूतपूर्व ब्रिटिश गोर्खाका एकमात्र छोरा किरण पुन तीन सातादेखि सम्पर्कमा नआएपछि उनको परिवारले खोजी गरिदिन अपिल गरेको छ ।
बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका हुन् ।
दुध फ्रयाक्ट्रीमा काम गर्ने उनी त्यही दिनदेखि तीन दिन बिदामा थिए । काममा बिदा भएपछि उनले आफ्नो बाबु भूतपूर्व गोर्खा तीर्थबहादुर पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हाल्न कार रोके । छोराले फूल टयांक इन्धन हालेको पैसा पनि तिरिदिएका थिए ।
छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेखवर छन् । उनको फोन ‘स्वीच अफ’ छ ।
सेल्सबरी प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले किरण फार्नबोरो ट्रेन स्टेसन ९मेन० मा झरेको देखे पनि थप जानकारी पाएको छैन् ।
प्रहरीले घट्नालाई ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजिरहेको पारिवारिक श्रोतको भनाइ छ । पुन बेपत्ता भएपछि परिवार एकदम चिन्तित छ ।
एनआरएनए यूकेले आफ्ना पञ्जीकृत सदस्य किरण पुनको खोजी गरिदिन सबैमा आव्हान गरेको छ ।
पुनको परिवार र प्रहरीको आग्रह बमोजिम एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उनको जीवन रक्षा र खोजी गरिदिन बेलायती समुदायमा अपिल गरेका हुन् । उनीबारे केही जानकारी भए स्थानीय प्रहरी, आफू र परिवारजनलाई सम्पर्क गरिदिन गाहामगरको आग्रह छ ।
पोखरा स्थायी घर भएका किरण कला क्षेत्रमा समेत रुची राख्थे ।
सम्पर्क विवरणः
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर- 07833507666
बहिनी देवी पुन- 07846445488
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल, बेलायत, समाचार
ट्याग : #NRNA
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस