प्रतिनिधिसभा निर्वाचनअघि आगामी सरकारको नेतृत्वमा विवाद नगर्ने वाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो प्रतिबद्धतामा अडिग रहन सक्लान त् ?
नयाँ सरकार निर्माणका लागि दिनगन्ती सुरु भएसँगै आगामी सरकारको नेतृत्वबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अविश्वास उत्पन्न हुन थालेको सङ्केत ती दलका नेताहरूले दिएका छन्।
सरकार निर्माणमा दोस्रो ठूलो दल नेकपा एमालेको सम्भावित भूमिकाबारे पनि अनुमान गर्न थालिएको छ।
प्रतिनिधिसभामा बहुमत पुर्याउन केही साना दलहरूको समर्थन सुनिश्चितजस्तै देखिइसकेको भए पनि सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी दुवैले प्रयास गरिरहेका छन्।
प्रतिनिधिसभा निर्वाचनअघि आगामी सरकारको नेतृत्वमा विवाद नगर्ने वाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो प्रतिबद्धतामा अडिग रहन सक्लान त् ? यसबारे पनि आशङ्का सुरु भएको छ।
कांग्रेस माओवादी दुवै एमालेसँग छलफलमा
सार्वजनिक अभिव्यक्तिमा गठबन्धनलाई एक ढिक्का राख्ने दोहोर्याइरहेका देउवा र दाहालले आफू निकटका नेताहरूको माध्यमबाट नेकपा एमालेको नेतृत्वसँग पनि छलफल सुरु गरेका छन्।
“संस्थागत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसका नेताहरू र माओवादीका नेताहरूले पनि भेटिरहेका छन् । तर संस्थागत रूपमा भने गठबन्धनलाई नै टिकाइराख्ने निर्णय गरेका छन् ,” एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता भइरहेको पुष्टि गर्दै भने।
“गठबन्धन अघि नबढ्ने भयो नभन्दासम्म यो विषय उहाँहरूको निजी चासो र चिन्ताको विषयजस्तो मात्रै देखिन्छ।”कांग्रेस र माओवादी नेताहरूको बाक्लिँदै गएको भेटवार्तालाई अहिलेलाई गठबन्धनभित्र “मोलमोलाइको” दृष्टिले मात्रै आफूहरूले हेरिरहेको एमाले नेताहरू बताउँछन्।
प्रतिनिधिसभामा ७८ सीट जितेको एमाले र कांग्रेस मिल्दा नयाँ सरकार निर्माणका लागि सहजै बहुमत पुग्छ। एमालेको र माओवाद सहित अरू केही साना दल मिलेर सरकार बनाउन पनि सम्भव रहेको देखिन्छ ।
“गणितीय हिसाबले चाहिँ सत्ता गठबन्धन नै सरकार बनाउन सक्ने सम्भावना देखिएको हुनाले हामी पर्ख र हेरको अवस्थामा छौँ,” एमाले उपमहासचिव ज्ञवाली भन्छन्।गठबन्धन एकजुट हुँदासम्म एमालेलाई सरकार गठनमा अग्रसरता लिन अप्ठ्यारो छ।
तर गठबन्धनमा भागबन्डा नमिलेको अवस्थामा एमाले आफ्नो नेतृत्व अरूलाई दिएर भए पनि एमाले सरकार निर्माणको खेलमा उत्रन सक्ने धेरैको आकलन छ।
एमालेले अहिलेको गठबन्धन भत्काउने सर्तमा कांग्रेस वा माओवाद सहितका दलहरूसँग सहकार्य गर्न सक्ने एमाले नेताहरू बताउँछन्।
प्रधानमन्त्री र राष्ट्रपति दुवैमा कांग्रेसको दाबी
निर्वाचन परिणामपछि माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरिरहेको छ।
“स्वाभाविक रूपमा सबभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ,” कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको भनाइ छ।
“कांग्रेस ठूलो अन्तरले ठूलो दल छ। त्यस कारणले राष्ट्रपतिमा पनि दाबी गर्नु अस्वाभाविक हुँदैन।”
प्रधानमन्त्री नछोड्ने कांग्रेस नेताहरूको अभिव्यक्ति र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे भइरहेका चर्चाका कारण माओवादी नेताहरू कांग्रेससँग झस्किएका छन्।
राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा “अवधारणागत रूपमै त्रुटिपूर्ण” हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताए।
“यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो। यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो। त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो,गुरुंगले बताए।
गठबन्धनकै सरकार बन्ला?
आगामी सरकार गठबन्धनकै बन्छ भन्नेमा कांग्रेस र माओवादी दुवै दलका नेताहरू पछिल्लो समय ढुक्न पर्न सकेका छैनन्।
माओवादी नेता गुरुङले कांग्रेससँग एजेन्डाकै विषयमा छलफल हुन बाँकी रहेको बताए।
“नेतृत्वमा को भन्ने व्यक्ति हेरेर निर्णय गर्ने कुरा होइन। पहिले एजेन्डामा छलफल भएर एउटा टुङ्गोमा पुगेपछि व्यक्तिबारे छलफल गर्न सकिने पनि बताएका छन् कांग्रेस प्रवक्ता समेत रहेका तथा प्रधानमन्त्री देउवाका विश्वासपात्र महतले गठबन्धनकै सरकार बन्ने दाबी गरे।
गठबन्धनमा अप्ठ्यारोको लक्षण नदेखिएको दाबी गर्दै विकल्पबारे सोचिनसकेको उनको दाबी छ।
बिबिसी नेपाली
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #शेरबहादुर देउवा
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस