गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित शारदा भुजेल मंसीर २६, २०७९ गते १५:२३ मा प्रकाशित दोहा – अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित भएका छन। अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले विशेष कार्यक्रम मार्फत मियाँलाई कतारमा सम्मानित गरेको हो।विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा कतारको मानव अधिकारको क्षेत्रमा यसको प्रवर्द्धन तथा विकासमा उल्लेख्य योगदान दिए बापत नेपालका मियाँलाई पनि सम्मानित गरिएको थियोे ।अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका केन्द्रीय अध्यक्ष डाक्टर नेम सिंह पेमी र उपाध्यक्ष डाक्टर मोहम्मद बरोहामीको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्रमा मियाँले कतारमा रहेका आप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको विकास र प्रवर्द्धनमा उल्लेख्य भुमिका खेलेको उल्लेख्य गरिएको छ।बिगत दश वर्ष देखी कतारको राष्ट्रिय मानव अधिकार आयोगसंग आवद्ध रहि मानवीय कार्य गर्दै आएका मियाँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सम्मानित हुने कतारमा पहिलो नेपाली हुन। मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप