गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतार व्यवसायी संघको ऎतिहासिक सफलता, कतारका व्यवसायीलाई श्रम स्वीकृती नचाहिँने कतार व्यवसायी संघको ऎतिहासिक सफलता, कतारका व्यवसायीलाई श्रम स्वीकृती नचाहिँने नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच सम्झौता पत्रमा हस्ताक्षर शारदा भुजेल मंसीर १७, २०७९ गते २२:५० मा प्रकाशित दोहा- नेपाल व्यवसायी संघ कतारले ऎतिहासिक सफलता प्राप्त गरेको छ ।कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहज आवातजावतका लागि नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच सम्झौतामा हस्ताक्षर भए संगै संघले ऎतिहासिक सफलता प्राप्त गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।उक्त सहकार्य सँगै कतारमा रहेका प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले प्रतिवद्वता व्यक्त गरे।नेपालबाट श्रम स्वीकृति लिई कतार आएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप