गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:५३ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्पपीडितलाई साढे तीन लाख रूपैयाँबराबरको राहत सामग्री सहयोग गरिएको संघकी कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् । संघले उद्योग वाणिज्य सघहरूसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्रीमा खाद्यान्न तथा लत्ताकपडा रहेका छन् । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने थापाले बताइन् ।गत कात्तिक २२ गते मंगलबार दिपायल केन्द्रविन्दु भएर आएको ५।७ म्याग्निच्युटको भूकम्पले घर भत्किँदा डोटीमा छ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खालगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्पपीडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #NRNA, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप