गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने नेता कोइरालाको प्रतिबद्धता राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने नेता कोइरालाको प्रतिबद्धता दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:२६ मा प्रकाशित नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षौदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।मङ्गलबार जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि ऐन संशोधन आवश्यक भएको बताए।“ऐनकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रभावित बस्तीमा विकास निर्माणले गति लिन सकेको छैन, निर्वाचनपछि गठबन्धनको सरकारले ऐन संशोधन गर्छ”, कोइरालाले भने । भूमिहीनलाई पुर्जा वितरण गर्नेदेखि त्रिवेणी दुम्किबास राजमार्गलगायत महत्वपूर्ण योजना ऐनकै कारण अगाडि बढ्न नसकेको कोइरालाको दाबी छ ।वन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षतिको न्यूनीकरण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मध्यवर्ती र निकुञ्ज प्रभावित क्षेत्रको विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारले जित्नैपर्ने कोइरालाले बताए।त्यस्तै कोइराला मध्यवर्ती क्षेत्र प्रभावित जनताको जीवनस्तर उकास्न गैंँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोरको निर्माण प्रक्रिया निर्वाचन लगत्तै अगाडि बढ्नेसमेत बताए ।राससक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस, #शशांक कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला