गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन दीप संञ्चार कात्तिक २५, २०७९ गते १३:०२ मा प्रकाशित नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन लडिरहेको लुम्बिनी प्रदेशको चर्चित निर्वाचन क्षेत्र दाङ– २ हो । त्यहाँ नेकपा एमालेका महासचिव पोखरेल र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधि सभामा विजयी हुँदा उनकै प्यानलबाट पोखरेल प्रदेश सभामा विजयी भएका थिए । चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए ।नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए ।नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ–२ बाट चुनाव जित्नु पोखरेलका लागि सहज छैन ।अघिल्लोपटक एमालेको समेत समर्थन प्राप्त गरेका माओवादी उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत पाएका थिए ।स्थानीय तहमा वडा तहमा पाएको मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेले ३३ हजार ५९३ पाउँदा कांग्रेसले २३ हजार ३०१ र माओवादी केन्द्रले १० हजार ४७८ मत पाएका थिए । गठबन्धनको अर्को दल नेकपा एसले २ हजार ९४२ मत पाएको छ ।सत्ता गठबन्धन बलियो भए यो क्षेत्रमा पोखरेललाई जीत निकाल्न कठिन देखिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #गठबन्धन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला