Techie IT
×
गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र

निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र


अस्थायी मतदाताका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा १४१ मतदान केन्द्र निर्धारण गरेको छ।

मंसीर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदान केन्द्र स्विकृत गरिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसूरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी केन्द्र तोकिएको आयोगले जनाएको छ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #Breakig, #निर्वाचन आयोग, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस