गृहपृष्ठ ∕ समाचार ∕ भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड दीप संञ्चार कात्तिक २४, २०७९ गते १९:५७ मा प्रकाशित ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो । इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले ।यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए ।अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट